हुम्लाको चंखेलीमा ओली र माधव नेपालको पार्टीबीच चुनावी तालमेल
१४ बैशाख, २०७९, बुधबार
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एसबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको छ ।
एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।यस्तै चंखेलीमा माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग चुनावी तालमेल गरेको छ ।