हुम्लाका ७ वडामा दलित उम्मेदवार खाली

फिल्को मिसन

२०७९,बैशाख,१३ मंगलबार
सिमकोट । हुम्लाको उतरी नाम्खा गाउँपालिकामा दलित समुदाय नहुँदा उम्मेदवार नै खाली भएको छ। हुम्लाको ७ गाउँपालिका र ४४ वटा वडा रहेको नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं वडामा दलित सदस्यबाट उम्मेदवारी नै नपरेको हो । वडा समितिमा एक जना दलित सदस्यको व्यवस्था गरिएको छ।
हुम्लाका अन्य गाउँपालिकामा भने दलित महिला सदस्यको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अनचुली १९,खार्पुनाथ १५,चेखेली २०,ताँजकोट १०,सर्केगाढ २६ र सिमकोट गाउँपालिका १९ गरि १०९ जनाले मनोनयन दर्ता गराएको मुख्य अधिकृत पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस