हुम्लामा माओवादी र एमाले कार्यकर्ता विच झडप,अध्यक्ष फडेराको घर तोडफोड

फिल्को मिसन

चैत२६,२०७८
सिमकोट । हुम्लाको अदनचुली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच शनिबार झडपमा भएको छ । झडपमा एक जना कार्याक्रता सहित प्रहरी घाइते भएका छन् ।
शुक्रबार राती अदनचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा सहित एमालेका कार्यकर्ताले माओवादी कार्यकर्ताका होटेल र पसलमा तोडफोड गरेको भन्दै त्यसको जवाफ पाउँनको लागि अध्यक्ष फडेरोको घरमा गएको वडा नं४का वडा अध्यक्ष विष्नु थापाले बताए ।
शुक्रबारी रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुं्गामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल सहित सामान्य क्षति पुगेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । गाउँपालिका केन्द्रसमेत रहेको श्रीनगरमा प्रहरी चौकी जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकी अध्यक्ष फडेराको घर सुरक्षा दिएको बताए ।
शुक्रबार राति अध्यक्ष फडेराको नेतत्वमा नारा जुलुस गर्दै आफनै पसल र पूर्ण बहादुर रोकायाको होटलमा तोडफेड गर्नुकासाथै कार्यकर्तामाथि हातपातसमेत गरेको माओवादी केन्द्रका कर्णाली प्रदेशका सदस्य अनिता बुमीले आरोप लगाईन ।
त्यसको प्रतिवादस्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुुलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो ।शुक्ररबार राति भएको घटन लाई नेकपा (एकिकृत समाजवादी )पार्टीका अदनचुली गाउकमिटी अध्यक्ष नवराज कार्किले “सत्ता र एउटा पार्टीको जिम्मेवारी व्याति वाटै सर्वसाधारण र फरक विचार राख्ने नेता तथा कार्यकर्ता माथि अस्लिल र अपच शव्दहरू प्रयोग गर्दै धम्क्याउने कामहरू भईरहेकाले यस्ता प्रकारको नेतृत्वले जन्ताको सेवा गर्छ वा आतंकित गराउछ” विज्ञप्ति मार्फत घोर आपति जनाएका छन ।
अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ। दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ।
घटनापछि अदनचुली गाउँपालिका मतदातामा त्रास फैलिएको छ भने घटनस्थलमा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस