नेत्रज्योति संघ हुम्लाको छैटौ जिल्ला सभा सम्पन्न

भक्त राज ऐडी

फागनु १७,२०७८
सिमकोट । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, हुम्लाले छैटौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा एक बर्ष सम्ममा कामकर्तव्य, उपलब्धि, समस्या तथा बिबिध बिषयको बारेमा नेपाल नेत्र ज्योति संघ हुम्लाका सचिब गोकुल बुढाले बार्षिक प्रतिवेदन पेश गर्नुभएकोे थियो । संस्थाले स्थापनाकालदेखि स्थानीय समाजसेवी, राजनीतिक दल, सरकारी, गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा जिल्ला ग्रामिण क्षेत्रमा पुगी सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको उप सभापती छेपाल दोर्जे लामा तामाङले प्रस्तुत गर्नुभएको छ ।
सभालाई सम्बोधन गर्दै आँखा उपचार केन्द्र प्रमुख बुम बोहोराले आँखा उपचार केन्द्रमा भएको सेवा सुविधा सातै वटा गाउँपालिकाका आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई उपचार सेवा दिई बताए । उनले भने आँखाको सामान्य अप्रेसन समेत हुनेऔषधि बितरण र साठी बर्ष माथी उमेरका व्यक्तिलाई चस्मा पनि वितरण गरिएका बताए ।
उहाँले भन्नुभयो ः आँखा उपचारका लागि जिल्ला बाहिर जानु पर्ने अबस्था नरहको र जटिल विरामी लाई जिल्ला बाहिर रिफर गर्नुपरेको बताए । स्वास्थ्य कार्यालय हुम्लाको प्रमुखले नेपाल नेत्रज्योति संघ , आँखा उपचार केन्द्रलाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । प्रमुख अथिती सिमकोट गाउपालिका उपाध्यक्ष बलि रावतले आँखा जस्तो सम्वेदनसिल अंगको उपचार सेवा हुम्लामा नै हुने हुदा आफु पदमा रहदा वा नरहदा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो,त्यसै
सभाका बिशेष अतिथि सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावतले पालिकाको तर्फबाट पुर्ण रुपमा साथसहयोग रहने बताउनु भएको छ । अध्यक्ष नर बहादुर रोकायाले आँखा उपचार केन्द्र सन्चालन गर्नका लागि स्वास्थ्य कार्यालयले भवनको लागि जग्गा उपलब्ध गराएकोले नेपाल रेडक्रस सोसाइटीको भवन निर्माण गरि सो भवनमा आँखा उपचार केन्द्र सन्चालन गर्दै आएको सहयोग गर्ने दाताहरु लाई धन्यवाद दिइनु भयो ।

प्रतिक्रिया दिनुहोस