प्रधानमन्त्री देउवा:संसद्बाट एमसीसी पारित हुन्छ
कात्तिक ५, २०७८ शुक्रबार
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान एमसीसी संसद्बाट पारित हुने बताएका छन्। । नेपाल प्रेस युनियनले कैलालीमा गरेको पत्रकार सम्मेलन बोल्ने क्रममा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । वर्षात्ले प्रभावित सुदूरपश्चिमका जिल्लाको भ्रमण सकेर कैलालीमा पत्रकार सम्मेलन गरेका देउवाले एमसीसी ऋण नभई अनुदान भएको बताए । एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो ।
उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति पुर्याएकाले अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन पनि दिनु भएको छ ।