मास्क नलगाएर कोरोेना खोप दिँदै

१५ आश्विन २०७८, शुक्रबार
नेपालगन्ज । कोरोना रोकथामका लागि नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ ।तर स्वयं स्वाथ्यकर्मिले अरुलाई मास्क लागाउनु भन्नु पर्नेमा आफैले नै मास्कको सहि ढंगले प्रयोग गरेका छैनन् । विश्व स्वास्थ्य संगठनले भिडमा जाँदा मास्क लगाउन अनिवार्य भनेको छ तरपनि स्वास्थ्यकर्मिले जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन् ।
नेपालगन्ज उप–महानगरपालिका मनिकापुर स्वास्थ्य चौकी वडानं २०मा कोरोना खोप लगाउँनजादाँ सर्वसाधरण देखि स्वास्थ्यकर्मिले समेत मास्क प्रयोग गरेको देखिदैन । एकातिर खोप लगाउने भिडाभाडा भइरहको छ भने मास्क प्रयोग गरेका छैनन् । खोप लगाउने गएका सर्वसाधार देखि स्वास्थ्यकर्मि सम्म यो दृष्य देख्न सकिन्छ । के कोरोनाको जोखिम साँच्चै घटेकै हो ? कसरि सुरक्षित ढङ्ग बाट खोप केन्द्रहरु लाई सञ्चालन गर्ने बिषयमा सरकारले लगानी गरेको छ ।