डोल्पामा डढुवा रोगले गोलभेडा खेती सखाप, किसान चिन्तित

फिल्को मिसन

२०७८ श्रावण,२१ बिहीबार
डोल्पाका । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ७ मा लगाइएको गोलेभेडालाई डढुवा रोगले सताएको छ । गाउँपालिकाको सर्मी देउती महिला कृषि समुहले लगाएको गोलभेडाको बोटमा कालो छिद्रा देखिने र गोलभेडाका दाना कुहिएर झर्ने गरेको छ । गत वर्ष पनि गोलभेडा खेती गरेको यो समुहले १८ हजार रुपैयाँ कमाएको थियो । तर यस वर्ष गोलभेडालाई रोग लागेपछि सर्मी देउती महिला कृषि समुहमा आवद्ध महिला चिन्तित भएका छन् । गोलभेडालाई रोग लागेपछि यस वर्ष साँवा पनि नउठ्ने समुहका अध्यक्ष रातिका बुढाले बताउनुभयो ।
बेलाबेला तरकारी खेतीमा लाग्ने रोगकीराले हैरान भएका छन्। तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नु परेको छ। डढुवाका कारणले गोलभेडा नष्ट भएको स्थानीय कृषले बताए । ’व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका धेरै किसानको गोलभेडा डढुवाले नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस