लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न २२ घन्टे आह्वान

फिल्को मिसन

२०७८ श्रावण,२१ बिहीबार
रुपेन्दही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो ।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८को २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भोली दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थाल्नेछन् । ४२ सांसद रहेका चार दलीय गठबन्धनले भोलि नै कुलबहादुर केसी मुख्यमन्त्री बनाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस