ब्यूँतिए ताँजकोट गाउँपालिकामा वाइसियल, गाउँपालिका स्तरीय भेला सम्पन्न (फोटोफिचर)

२०७८ श्रावण,२१ बिहीबार
सिमकोट । ताँजकोट गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)ले गाउँपालिका स्तरीय भेला कार्यक्रम सम्पन्न गरेको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा बाट माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै केन्द्र हुँदै जिल्ला,स्थानय तह,वडा समेत वाईसीएल पनि ब्युँतिएको जिल्ला अध्यक्ष लालकेश जैशी बताए ।
जिल्ला संगठनलाई सुदृढिकरण गर्दै वडाको विकास,समृद्विमा पार्टी पंक्ति जनर्वगिय संगठन बिस्ता तथा भेलाको आयोजन जिल्ला देखि वडा गठन गरेका छन । बिहीबार हुम्लाको ताजकोट गाउँपालिकामा बसेको वाईसीएल नेपाल जिल्ला कमिटी लाई पूर्णता दिन जिल्ला भेलाको लाति तयारी गरेको छ । गाउँपालिका स्तरीय भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने तयारी भईरहेका बताएका छन ।