स्थानीय प्रशिक्षकद्धारा बालबालिकालाई फुटबलको प्रशिक्षण

अबिनाश लामा

२०७८ श्रावण,१८ गते सोमबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका स्थिीत जिल्ला खेलमैदानमा स्थानीय प्रशिक्षकद्धारा बालबालिकालाई फुटबल खेल भएको छ । हुम्ला फुटबल एकेडेमीको आयोजनामा नेपालकै उच्च स्थान २हजार ९सय ५० मिटरको उचाईमा रहेको विमानस्थल नजिकैरहेको रहेको खेल मैदानमा पहिलो पटक फुटबल तालिम आयोजना गरिएको हो । जिल्ला खेलकुद मैदानमा एकेडेमीले आयोजना बिहीबारबाट शुरु भएको छ। बलबाललिका देखि किशोर अबस्थाका ६ देखि १३ र १३ वर्षदेखि माथिका उमेर समूह बनाएर प्रशिक्षण भइरहेको एकेडेमीका अध्यक्ष विष्णु राउतले बताए ।
दैनिक दिन दुई घण्टासम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरी दुई चरणमा पगरिएको छ । फुटबल खेलाडी समेत रहेका एकेडेमीका राउतले फुटबलको विकासका लागि प्रशिक्षण कार्यक्रम दुर्गम हिमाली जिल्लामा सुरु गरिएको बताए । प्रशिक्षणका लागि सानो उमेरका खेलाडीको लागि पूर्णरुपमा निःशुल्क गरिएको छ भने १८ वर्षमाथिका लागि भर्नाशुल्क लिने गरिएको छ । यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि हुने अध्यक्ष राउतले जानकारी दिए । उनले भने प्रशिक्षण दिन फिफाबाट लाइसेन्सप्राप्त प्रशिक्षक मदन बुढ्थापा हुम्लामा आएको बताए ।
विशेषगरी साना बालबालिकामा फुटबल खेलको क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रशिक्षण गरिरहेको टोलीका प्रशिक्षक बुढ्थापाले बताए। उनले भने, ‘यसको खास उद्देश्य भनेको साना बालबालिकामा भएको क्षमतालाई अपग्रेड गर्न सकियोस् भन्ने हो। उनीहरूमा फुटबलको कलालाई भविष्यमा स्थायित्व दिलाउनुकै लागि प्रशिक्षण आयोजना गरिएको हो।’बताउनु भयो । बालबालिकामा फुटबल खेलको क्षमता विकाससँगै शारीरिक व्यायामका लागि पनि प्रशिक्षण आयोजना गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस