जुम्ला सदरमुकाम खलङ्गा राष्ट्रिय प्रसारण लाइनमा जोडियो

फिल्को मिसन

२०७८ श्रावण,१८ गते सोमबार
काठमाडौं । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
उहाँले प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्लामा जोडेको भन्दै कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम सम्पन्न भएको बताउनुभयो । जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण गरिएको भन्दै उहाँले प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युतको समस्या थोरै भएपनि समाधान हुने उल्लेख गर्नुभयो ।
सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने भएको छ । प्राधिकरणले दशैँसम्म यहाँका आठवटै स्थानीय तहका मुख्य स्थानमा विद्युत् पु¥याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस