साउन १५ गतेबाट ताँजकोटका विद्यालय खोल्ने तयारी
२०७८ श्रावण ८ शुक्रबार
हुम्ला । कोरोना भाइरसको जोखिम घट्दै गएकोभन्दै हुम्लाको ताँजकोट गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ। अहिलेकै अवस्था रहेका विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । गाउँपालिकामा भएको सरोकारवालाको बैठकले अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए। कोभिड–१९ को दोस्रो चरणको संक्रमणका कारण जिल्लाकै हटस्पटका रुपमा रहेको ताँजकोटमा जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसिएिमसी) हुम्लाको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बिद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयका कक्षा कोठामा स्यानिटाइज छर्कने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जनाकारी दिनुभयो ।