स्वास्थ्यकर्मी लाई हटाएको भन्दै गाउँपालिका लाई ध्यानाकर्षण

बाँच बहादुर विक

२०७८ श्रावण ८ शुक्रबार
हुम्ला । सिमकोट गाउँपालिकामा संचालित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई कामबाट हटाएको भन्दै कर्मचारीद्धारा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।
संघ सरकारले गाउँपालिकामा सञ्चालित तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाएपछि तीनवटै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी र स्थानीय नागरिकहरुले सिमकोट गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
सिमकोट गाउँपालिका– १ को ग्यारुख, ४ को बुराउँसे र ६ को पाँवाडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रका ९ जना स्वास्थ्यकर्मीलाई बजेट अपुग भएको भन्दै गाउँपालिकाले हटाएका छन ।
आधारभूत स्वास्थ्य केन्द्रमा १जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी गरेर ३ जना प्रति स्वास्थ्य केन्द«मा गरि ९जना रहेको कर्मचारी लाई संघ सरकारले हटाएको छ । कार्यरत स्वास्थ्यकर्मीले निर्वाध रुपमा काम गर्न पाउनुपर्छ भन्ने माग सहित गाउँपालिकाको ध्यानकर्षण गराउन गउको सिमकोट–४ आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज राजु रावतले बताए । केन्द्र सरकारको परिपत्र अनुशार गाउँपालिकाले हाजिर नहुन पत्राचार गरेको सिमकोट गाउँपािलका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस