बचाए खार्पुनाथले ८ लाख बढि रकम राजश्व बाँडफाँड शिर्षकबाट
२०७८ श्रावण ५ गते मंगलबार
हुम्ला । खार्पुनाथ गाउँपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडको रकम बचाएर आन्तरकि गाउँपालिकाको आम्दानी बढाएको छ ।
जनप्िरतनिधिले लिने सेवा र सुिवधामा मितव्ययिता अपनाएर गाउँपाललिकाले यस वर्ष राजश्व शिर्षकको ८ लाख ८४ हजार १सय ७३ रकम बचाएको गाउँपालकिाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
अनावश्यक खर्च र बाँडफाँडमा नियन्त्रण गरेकाले योे वर्ष राजश्व शिर्षकको रकम बचाउन प्रयास गरेको अध्यक्ष रावले जानकारी दिए । आर्थकि वर्षको अन्तमा फ्रीज नजाउने उक्त रकमलाई नयाँ आर्थिक वर्षमा अत्यावश्यक काममा लागाउने गरेर आम्दानीको रुपमा बचाएर राखेका बताए ।
गाउँपालिकाको प्राप्त बजेटमार्फत जनप्रतिनिधिहरुको सेवा र सुविधा, अनुगमन खर्च र पालिकामा कार्यरत कर्मचारीको तलब भत्ता लगायत केही विकासे कार्यक्रम समेत वनियिोजन गरेर बाँकी रहेको बजेटलाई आफूले बचाराखउन सफल भएको गाउँपालकिा लेखा अधिकृत विशाल बोहराले जानकारी दिनुभयो ।
गएको आर्थिक वर्ष ०७७र०७८ मा संघिय सरकारबाट ५ करोड ६५ लाख ३९ लाख २सय ६१ र कर्णाली प्रदेश सरकारबाट २ लाख २० हजार रकम बजेट राजस्व बाँडफाँडमा बिनियोजित भएकोमा ४ करोड ७ लाख ६८ हजार ९सय ९२ रुपायँको बजेट मात्र निकासा भएको लेखा अधिकृत बोहराले बताए ।