कर्णाली नदीमा तत्काल बेलिब्रीज निर्माण हुने

भक्तारा ऐडी

२०७८ श्रावण ५ गते मंगलबार
सिमकोट । कर्णाली करिडोर हुम्लाको सलीसल्ला सडक खण्डमा पर्ने कर्णाली नदीमा तत्कालिन बेलिब्रीज निर्माण गरेर यातायात सञ्चालनमा ल्याइने तायारी गरेको छ ।
नेपाली सेनाले असार ३१ गते हस्तान्तरण गरेको कर्णाली करिडोर लाई हिल्सा–सिमकोट सडक आयोजनाले तत्काल बेलीब्रजी निमार्ण गर्ने भएको छ ।
कर्णाली नदी वारी र पारीसम्म सडक निर्माण भईसकोकोले नदीमा पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले बताउनु भयो ।
तत्कालका लागि पक्की पुल निर्माण गर्ने कार्य सम्भव नदेखिएपछि सलीसल्लामा बेलिब्रीज सञ्चालनमा ल्याउने तयारीमा आयोजना लागेको आयोजना प्रमुखले लामाले बताउनु भयो ।
सलिसल्ला सडक खण्डमा रहेको कर्णाली नदिएको ७० मिटर लम्बाईको भएकोले तत्काल आसपासमा बेलिव्रीज निर्माण गर्नुपर्ने स्थलगत सर्भेले देखाएको छिट्टै बन्ने आयोजना प्रमुख लामाले बताए ।
आयोजनासँग ४८ मिटरका बेलिव्रीज भएको र त्यो भन्दा लामो नभएको कारण फेरी सञ्चालन वा नयाँ बेलिब्रीज निर्माणको विकल्पसहितको योजना लिएर योजना प्रमुख लामा हाल विभागमा स्वीकृतिका लागि काठमाडौँ आएको नेपालसमाचार पत्र दैनिका लाई बताएका छन ।
स्थलगत अध्ययनपछि माग लिएर काठमाडौँ आएको र २ वटा विकल्प मध्ये एउटा विकल्प लिएर जिल्ला फर्कने उनले बताए।
नदीको सतह चौडा भएको कारण बेलीव्रीज निर्माणको योजना स्वीकृत भएर बिचमा पिल्लर निर्माण गर्नु देखियोकोले नदीको बहाव घटेपछि सुरु गरिने बताए ।
हाल बाजुरा हुँदै हुम्ला सडक खण्ड आएका यातायातका साधनहरु सलीसल्लाको कर्णाली नदी पारीको भागसम्म आउने गरेका छन् भने सलीसल्लाकै कर्णाली वारीको क्षेत्रबाट सर्केगार्ड गाउँपालिकाको स्याल्तडीसम्म आयोजनाले सडक निर्माण गरिसकेको छ। उक्त क्षेत्रमा हेलिकोप्टरबाट ढुवानी गरिएका बोलेरो जीप सञ्चालन हुँदै आएका छ

प्रतिक्रिया दिनुहोस