बुधबार देखि पेट्रोलिम पदार्थको मूल्य घट्यो

फिल्को मिसन

२०७८असार ३० बुधबार
काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेल÷मट्टितेलमा प्रतिलिटर१÷१ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १सय २८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १सय ११ रुपैयाँ कायम भएको छ ।
मूल्यवृद्धिको विरोधमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आन्दोलन गरेका थिए । नगमले आन्दोलनरत पाँच विद्यार्थी संगठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो

प्रतिक्रिया दिनुहोस