गोठालाको कथामा म्युजिक भिडिया विहीबार सार्वजनकी हुँदै

फिल्को मिसन

२०७८ असार २९ मंगलवार
हुम्ला । हुम्लाका युवाहरुले गोठालाको कथामा म्युजिक भिडियो भोलि विहीबार सार्वजनिक हुँदै छ ।
हुम्लाका देउडा कलकार मन बहादुर थापाको ’जिन्दगी अधुरो बनाई बाइगई’ बोलको गीत सार्वजनिक हुने भएको छ।
पछिल्ला समय मध्यपश्चिम तथा सुदुरपशिचमको ढुकढुकी देउडा ठाडी भाका गित लोप हुदै गएपछि हुम्लाका युवाहरु मिलेर हुम्लामै छायाँङकन तथा भिडियो सम्पादन गरेका छन् ।
गोठालाहरुको दुख पिडामा आधारित बनाई माया प्रेमको भाव झल्काउने यो गितको भाव रहेको निर्देशक हमालको भनाई छ । स्थानीय गायक मन बहादुर थापाको स्वर र श्ब्द यो गित मा अभिनय हुम्लाका पत्रकार नरजन तामाङ स्थानीय कलाकार उर्मिला शाही र बिष्णु बुमिले अभिनय गरेको छन ।देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानिय स्तरमै युवाहरु मिलेर म्युजिक भिडियो उत्पादन गरेका छन ।
समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक लोक गीत संगीतहरुले छुटै पहिचान बोकेको चिन्ता व्यक्त गर्दै हुम्लामै स्थानीय स्तरमै देउडा ठाडी भाका गीतको हुम्लामै पहिलो पटक छायाँङकन गरेका छन् । दुर्गम हिमाली जिल्ला हुम्लाकै युवाहरु मिलेर गोठालाहरुको कथामा आधारित देउडा ठाडी भाका गितको छायाँङकन गरेको निर्देशक पदम राज हमालले जानकारी दिए ।
जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा ठाडी भाका नामको गीत हुम्लामै स्थानीय कलाकार,स्थानीय निर्देशक, स्थानीय छायाँङकार स्थानीय कलाकार मिलेर पहिलो पटक हुम्लामै निर्माण गरेको निर्देशक हमालले बताए ।
कर्णालीको वनपाँखामा गुनगुनाउदै आएका देउडा ठाडी हुम्लाकै जनश्रतिबाट छायाँङकन गरेको पहिलो म्युजिक भिडियो हो । यो गितका भिडियो छायाँङकार अविनाश लामाका अनुसार हुम्ला म्युजिक भिडियोको लागि सम्भावना छ कठिनाई रहेको https://www.youtube.com/watch?v=yTbon-SozfM

 

 

प्रतिक्रिया दिनुहोस