कर्णालीमा सडक निर्माण तथा यातायात सुदृृढीकरणमा जोड
२०७८ असार २८ सोमबार
सुर्खेत ।कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ।व २०७८र०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु।७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशमा सडक निर्माण तथा यातायात सुदृढीकरणमा जोड दिइएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जानकारी दिनुभयो । मन्त्रि शर्माका अनुसार प्रदेशमा सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि प्रदेश राजमार्गको गुरुयोजना तयार गर्ने भएको छ ।
त्यस्तै नेपाल सरकारको समन्वय र सहकार्यमा रणनीतिक महत्वका सडकहरु दुनै–स्यालदाङ्ग, धो –क्याटो सडक, कर्णाली करिडोरको दोमुख मुगुको गमगढी – नाक्चे लाग्ना सडक र सुर्खेत–हिल्सा सडकमार्गको ट्रयाक खोल्न वजेटमा ल्याएको छ ।
त्यस्तै प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडकको स्तरोन्नति तथा निर्माणलाई प्राथमिकता दिई देवस्थल – कैनकाँडा ९ चौरजहारी – मुसिकोट सडक र वालुवासंग्रही –कुपिण्डे– खलंगा सडकलाई यसै वर्ष कालोपत्रे गरिने भएको छ । स्थानीय तहको केन्द्रदेखि मुख्य सडक वा जिल्ला सदरमुकाम जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिइएको वजेटमा उल्लेख छ ।
सडक स्तरोन्नति गरिने
कर्णाली प्रदेशका विभिन्न सडकहरुको स्तरोन्नति तथा साझेदारी गरिनेछ । प्रदेश सरकारले कुल्लीमारी सडक, श्रीस्थान राकम सडक, थारमारे चौरजहारी सडक, कालीकोट लालु लैफु कोटवाडा सडक र सर्केगाड सिमकोट सडक स्तरोन्नति गर्ने योजना अगाडी सारेको छ । उक्त सडकहरुको स्तरोन्नति गर्न तथा सडक पूर्वाधार विकासका लागि नेपाल सरकारको साझेदारीमा निर्माणकार्य अगाडि बढाउन बजेटमा ल्याइएको छ ।
वजेटमा अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाउन तेलपानी भुरीगाउँ सडकको स्तरोन्नति गर्ने, जनता सडक कार्यक्रमलाई थप व्यवस्थित गरी कार्यान्वयन गर्ने, कार्यान्वयनमा रहेका क्रमागत र बहुवर्षीय आयोजनाहरु चाँडो सम्पन्न गर्न प्राथमिकताका साथ कार्य अगाडि बढाइने योजना वजेटमा समेटिएका छन ।