अर्जेन्टिनाले जित्यो २८ बर्षपछि कोपा अमेरिकाको उपाधि

फिल्को मिसन

२०७८ असार २४ गते बिहबार
काठमाडौं । अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि उपाधी हासिल गर्नसकेको थिएन । कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए ।

प्रतिक्रिया दिनुहोस