कैलाश बोधि स्कुल हुम्लाले शुर गर्यो अनलाइन कक्षा
२०७८ असार २४ गते बिहबार
हुम्ला । कैलाश बोधि बोङ्गि स्कुल हुम्लाले अनलाइन माध्यमबाट पठनपाठन शुरु गरेको छ । कोरोना महामारीका कारण विद्यालय खुल्न नसकेको अबस्थामा कैलाश बोधि स्कुल हुम्लाले अनलाईन कक्षा संचलन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरे अनुसार आपूmले पनि लाइन प्रविधिको प्रयोग गरी कक्षा ५ देखि ८ कक्षासम्मको अनलाइन पठनपाठ्न शुरु गरेकोे कैलाश बोधि स्कुल हुम्लाका प्रिन्सीपल छवाङ्ग लामाले बताए ।
कारोना भाइरस (कोभिड – १९)कै कारणले विद्यालयमा उपस्थिति हुन नपर्ने, भएपछि फुर्सदिला भएपछि बालबालिकाको अध्ययन प्रति रुचि हराएकोले विद्यालयले अनलाइन कलाश संचालन गरेको बताए । यसैलाई मध्यनजर गरी विद्यार्थीका भविभावकको सहमती अनुसारले अनलाइन कक्षाको तयारी गरेका प्रिन्सीपल लामाले बताए ।
अनलाइन प्रविधिबाट कक्षा सञ्चालन हुनु अगाडि नै विद्यार्थीसँग सम्र्पक गरी अनलाइन कक्षा सञ्चालन गर्ने प्रयासमा आफरहेको प्रिन्सीपल लामाले जाकारी गराए । विद्यालयले विषयगत शिक्षक तथा विद्यार्थीलाई जुम आइडीको बारेमा जानकारी गराउने पठनपाठ गराएका छन् । स्कुलले आफ्नो परिवेश अनुसार वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता होस भेन्नेहेतुले अनलाइन कलाश चलाएको लामाले बताए ।