हिमाली जिल्लामा रैथानि अन्न–बाली उवा लोप हुँदै
२०७८असार २२गते मंगलबार
सिमकोट । हुम्ला लगायत हिमाली जिल्लामा लगाईने रैथाने अन्न–बाली उवाको कृषकहरुले खेती गर्न छोडेपछि पछि लोप हुँदै गएको छन ।
हिमाली जिल्लाको उच्चस्थानमा खेतमा पाक्ने विशेष प्रकारको गहुँको जात भएकाले मुख्य बालीको रुपमा लिनेगेरको छ ।हुम्ला जिल्लाको ७ गाउँपालिकालगाएत कर्णालीको हुम्ला, जुम्ला, डोल्फा, कालीकोट, बाजुरा, बझाङ्क, अछाम जिल्लाहरुमा मूख्य नगदेबालीको रुपमा परापूर्व कालदेखी गरीने खेती गरीने अन्न–बाली कागुनो, चिनो, तितेफापर, मिठे फापर, नाफल, लगाएतका अन्न–बाली दिन प्रतीदिन लोप हुँदै गईरहेको छ ।रैथाने बाली पछिल्लो समय विभिन्न प्रकारका आयातित वस्तुहरुको आयातले लोप हुने अवस्था पुगेको सिमकोट गाउँपालिका निवासी कृषक अगुवा सुन्दर रावले बताउनुभयो ।
पछिल्लो समय गाउँको जनशक्ति पनि कामको खोजीमा बाहिर जान थाले र बाहिरबाट पनि सस्तोमा किनीखाने अनजा आउन थालेपछि खेतीपाती तर्फ छोडेका छन । हिमाली गाउँहरुमा पछिल्लो समय स्थानीय रैथाने बाली बीउको समेतको अभाव हुने अवस्था पुगेको कृषक अगुवा रावतले बताउनहुन्छ ।