गाउँले जनजीवन झल्काउर्ने जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत’

फिल्को मिसन

२०७८असार २१, सोमबार

सिमकोट । हुम्लाका स्थानीय गायक मन बहादुर थापाको पहिलो प्रस्तुतिमा रहेको देउडा ठाडी भाका‘ जीन्दगी अधुरो बनाई छोडी बाईगई माया’ गीतको बोल आज टीजर सार्वजनिक भएको छ। गायक थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै पहिलो पटक छायाँङकन भएको हो । विशेष डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको नरजन तामाङ,उर्मिला शाही र बिष्णु बुमिको अभिनय रहेको छन। सिमकोट गाउँपालिका वडानं १,२,र ५का विभिन्न गाउँमा गीतको दृश्य खिचिएको छ। भिडियोमा १९र्औ शताब्दीको गाउँले जनजीवन उतारिएको छ।
पशुपालन जीवन र सडक सञ्जाललले ग्रामीण भेगलाई नछोएको बेला हुम्लाको सिमकोट गाउँपालिकामा पशुपालन खर्क जाने अबस्थाको कथा समेटिए भिडियोमा छ।

भिडियो र्हेनको लागि तल क्लिक गर्नु होस 

https://www.youtube.com/watch?v=yTbon-SozfM

हुम्लाकै स्थानी गायक,अभिनय,छायांकन र निर्देशन आफैले गरेको जीन्दगी अधुरो बनाईका निर्देशक पदमराज हमालले बताए ।
पछिल्ला समय लोप हुदै आएको देउडा गीत जर्गेना गर्ने स्थानीय गायक,स्थानीयकै अभियन र स्थानीयकै निर्देशनमा छायाँङकन पहिलो भएको जीन्दगी अधुरो बनाईका निर्देशक हमालले जनाकारी दिए । जिल्लाकै पत्रकार पदमराज हमाल,अविनाश लामा,अर्जुन बोहराले यो गीतको छायाँङकन गरेका छन् । गायक मनबहादुर थापाको लय शब्द र स्वर यो गीत अब छिटै बजारमा आउने निर्देशक हमालले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस