सरकारविरुद्ध नेपाल विद्यार्थी संघ सडकमा
२०७८असार २१ सोमबार
हुम्ला । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विधार्थी भातृसंगठन नेपाल विधार्थी संगठन सोमबार सरकारविरुद्ध सडकमा उत्रिएको छ। आफ्ना नेता तथा कार्यकर्तामाथी ज्यादती, धरपकड र झुटा मुद्धा लगाएको भन्दै उनिहरु प्रदर्शनमा उत्रिएका हुन्। इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले देशभर प्रदर्शन गरेको छन ।
उनीहरुले आज संविधानमाथिको अतिक्रमणको विरुद्धमा लोकतान्त्रचोकमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले आजको प्रदर्शनको नाम नै संविधान प्रदर्शन राखेका थिए । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘नेपालको संविधान पढ्न भन्दै लेखिएका प्लेकार्ड बोकेका थिए ।