हिमाली गाउँपालिका ९९ घर परिवार विस्थापित
२०७८असार २०आइतबार
बाजुरा । बाजुरारको हिमाली गाउँपालिका वडानम्बर–५ का करिब ९९ घर परीवार विस्थापित भएका छन् । लगातारको वर्षापछि बस्ती आसपास पहिरो गएका कारण जोखिममा परेपछि बिस्थापितहरु एक घण्टा टाढाको जङ्गलमा गई पाल टाँगेर बसिरहेका छन् ।
केही दिन यता निरन्तर परेको झरीले गाउँमा पहिरो जान थालेपछि क्युडिका ९९ घरपरिवार अहिले विस्थापित छन् । त्यसै मध्यका एक रीउले बुढाले पहिरोका कारण आफुहरु बिस्थापित भएको जानकारी दिनुभयो ।
पहिरोले स्थानीयका घर बगाउँदा अन्न र लत्ताकपडा लगायतका दैनिक आवश्यकिय सामानको अभाव भएको छ । ज्ञानी बुढा र कलसरी बुढा दम्पतीले साँझ विहानको छाक टार्नै पनि समस्या रहेको गूनासो । बस्तीको तल र माथिबाट निरन्तर पहिरो झर्न थालेपछि गाउँ छोड्नुको विकल्प नभएको बिस्थापितहरु बताउँछन् । उनिहरु जङ्गलमा गएर च्यातिएको पाल टाँगेर बसेका छन् ।
अर्का पिडित सुन्तला बुढा निरन्तरको झरीमा आगो बालेर रात काट्ने गरेको बताउनुहुन्छ । कतिपय बिस्थापितसँग त्रिपाल समेत छैन । उनिहरु स्याउलाको छहारी बनाएर बसेका छन् ।