हुम्लामा ‘मिट द जज’

मन्दिर सिंह

२०७८असार १८शुक्रबार

सिमकोट। जिल्ला अदालत हुम्लाले सर्वसाधारणसम्म पहुँच पु¥याउन ‘मिट द जज’ कार्यक्रम संचालन गरेको बताएको छ । अदालतबाट हुने सेवा प्रबाहमा ढिला सुस्ती, अनियमितता, लगायतका विषयमा सेवाग्राहीमा केही गुनासो भए माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलसँग राख्नका लागी उक्त कार्यक्रम संचालन गरिएको जिल्ला अदालतका श्रेस्तेदार कमल कुमार आचार्यले बताए ।
अदालतमा सर्वसाधारणको पहुँच सहज बनाउन, उनीहरूले सहज ढंगबाट न्यायालयमा आउन सक्ने वातावरण सिर्जना गर्न तथा अदालतप्रति सर्वसाधारणको दृष्टिकोण, गुनासा, अनुभूति बताउने, सुझाव दिने र अदालतमा केही कमी, कमजोरी केही भए सुधार गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले बताए।
जसले गर्दा अदालतसँग नागरिकको सम्बन्ध नजिकिने मात्र होइन, अदालतप्रतिको विश्वास समेत बढ्दै जाने हुम्लाका न्यायाधीश पौडेल बताउँछन्। विगतमा वर्षौंसम्म मुद्दा थन्किएर रहने गरेकोमा अहिले भने केहि महिनाभित्रको केहि मुद्दा रहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस