जोखिम पूर्ण चट्टान बाट काराङगा गाउँ बच्यो

२०७८ असार१४ गते सोमबार
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङगा गाउँमा रहेको जोखिम पूर्ण चट्टान फुटाइएपछि गाउँ जोगिएको छ ।
चट्टानले बस्तीनै जोखिम भएपछि हिल्सा सिमकोट सडक योजना र बहरादल गुल्म रानीबनमा रहेको नेपाली सेनाको पहँलमा चट्टान फुटाइएको हो । लगातार वर्षाले बस्तीनै जोखिम बनाएको काराङगा गाउँ माथिबाट ठुलो चट्टान खस्ने भएकै कारण गाउँनै त्रसित भएका थिए ।
हिल्सा सिमकोट सडक योजना र नेपाली सेनाको संयक्त पहलमा चट्टान फुटाइएको हिल्सा सिमकोट सडक योजना हुम्लाका योजना प्रमुख विसुन दास लामाले बताए ।
निरन्तर वर्षा चट्टन जोखिम भएपछि बराहदल गुल्म रानीवन हुम्लाका मेजर नरेश भक्त अधिकारी सहितको टोली काराङगा पुगेको हिल्सा सिमकोट सडक योजना हुम्लाका योजना कर्मचारी मिम बहादुर शाहीले जानकारी दिनुभयो ।
जोखिम पूर्ण चट्टान फुटाइएपछि अहिले बस्ती सुरक्षित रहेको सडक योजना प्रमुख लामाले बताउनु भयो ।
नेपाली सेना र हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाबाट टोली खार्पुनाथ गाउँपालिका काराङगा गाउँ सुरक्षित भएपछि स्थानीय खुसी छाएको छ ।

 

प्रतिक्रिया दिनुहोस