लकडाउनकै विचमा छिमेल लामाले गरे लसुन र जटीबुटी खेती

फिल्को मिसन

२०७८असार,१०बिहीबार
सिमकोट । कोरोनाकै बिचमा सिमकोट गाउँपालिका छिमेल लामले किसान लसुन र जटीबुटी खेती खेतीतर्फ लागेका छन्। उत्पादन र मूल्यमा गिरावट आउन थालेपछि लामाले लसुन र जटीबुटी खेतीमा अग्रसर भएका हुन्।
थोरै श्रम, समय र लगानीमा बढी नाफा हुने भएकाले लसुनको खेती सुरु गरिएको युवा किसान लामले बताए। उनका अनुसार गाउँपालिका वाडनं ३को लाँङदुक गाउँको आफनै खेतबारीमा लसुन र जटीबुटी खेती सुरु गरेको बताए ।
‘ लसुन खेती भइरहेको छ। यससँगै अब विभिन्न प्रकारण हिमालमा पाईने जटीबुटी ल्याएर खेत गर्ने प्रयास जारिरहने छ । जटिबुटी लामाले भने, ‘विस्तारै अन्य दाँतेओखरको खेती पनि गर्ने छु ।’विदेशहरुसंगै गाइडको काम गरेका लामाले लामो समयसम्म कोरोना कहरकै विचमा र रोजगारीका लागि भौँतारिहरको आफु आफनै बारीमा १० रोपनी सम्म खेतबारीमा लसुन खेती खेती सुरु गरेका बताए ।
विना विषदी, गाई वस्तुको मल प्रयोग गरेर उत्पादन गरिएकाले लसुन फलेपछि पनि लामो समयसम्म नकुहिने भएकाले बजारको माग समेत बढेको बताउन्छन ।
संघ,प्रदेश र स्थानियतहको सरकारले कृषि क्षेत्रमा गरेको लगानी गरेको दुरुपयोग भइरहेको छ । तर काम गर्नै किसान लाई सहुलियत अर्थात अनुदानमात्र होइन ऋण समेत पत्याउँदैनन । लामाका अनुसार सुकेको लसुन प्रतिकिलो ५० रुपैयाँ पर्छ । अन्नबालीभन्दा २ गुणा आम्दानी हुने भएकाले किसानलाई लसुन,प्याज र जडीबुटी खेतीमा प्रोत्साहन गर्नुपर्ने बताए । लसुन माघ महिनाबाट उम्रिरी शुरु हुन्छ, असारमा लसुनको दान भित्राउन्छन। उच्च पहाडी भेगमा पाइने लसुन  औषधिका रूपमा प्रयोग गरिन्छ। लसुन पेट दुख्ने, , बान्ता वा पखाला लागेका बिरामीका लागि लसुन खुवाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस