विपक्षी ५दलको गठबन्धनको बैठक सकियो

फिल्को मिसन

२०७८असार गते बुधबार
काठमाडौं । राजनीतिक घटनाक्रमबारे छलफ गर्न बसेको विपक्षी ५ दलको गठबन्धनको बैठक सकिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का रहेकाछन ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, एमालेका माधवकुमार नेपाल, भीम रावल, जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ छन् । जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी थिए ।
बैठकमा काम चलाउ सरकारका मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध निर्णय गर्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने निर्णयको स्वागत गर्दै आगामी दिनको समीक्षा गरिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस