विश्व चर्चित साढे दुई करोड बढीको परियोजना पुरस्कार पाउने पहिलो नेपाली

फिल्को मिसन

२०७८असार,८मंगलबार

हुम्लाका युवा अनुसन्धानकर्मी रिन्जिन फोन्जोक लामाले विश्वमै चर्चित परियोजना पुरस्कार पाएका छन्l  उनले पाएको यो पुरस्कारको रकम २ लाख स्विस फ्रेंक रहेको छl उपल्लो हुम्लाको जैविक विविधता संरक्षणको लागि सो रकम खर्च गरिने छ।

उनले सो परियोजनाकोको परिकल्पना गतबर्षको लकडाउनमा गरेका थिएl उनी भन्छन्’ यो पुरस्कारले म एकदमै खुसी भएको छुl  स्थानीय नेतृत्व अभिवृद्धि, संस्कृति र वन्यजन्तु संरक्षणमा सो रकमको प्रयोग हुनेछ’।हाल उनी थर्ड पोल कन्जरभेन्सी र माउन्टेन स्प्रिट नाम संस्थासँग आबद्ध छन् l उपल्लो हुम्लाको नाम्खा , निन्बा र चो खोला क्षेत्रमा करिब १८ महिना सञ्चालन हुने सो परियोजनाबाट स्थानीय समुदाय लाभान्वित हुनेछन्। ‘रोलेक्स अवार्ड फर इन्टरप्राइजेज’   सन् १९८१ मा हिउँ चितुवाको घाटीमा पहिलो पटक रेडियो कलर लगाउनको लागि रोड्नी ज्याक्सनले पाएका थिए l उनको कार्यक्षेत्र मुगु जिल्ला थियो तर नेपालीले पाएको भने यो पहिलो पटक हो ।

सन् २०१५ मा जर्मनबाट प्रकृति संरक्षणमा स्नातकोत्तर  गरेका लामा विगत ७ वर्ष देखि उच्च हिमाली भूभागमा अनुसन्धान र संरक्षणमा सक्रिय रूपमा सहभागी छन् । उनले गत वर्ष ‘डब्ल्यु डब्ल्यु एफ नेपाल’ बाट संरक्षण पुरुस्कार समेत पाएका थिए ।

नेचर नयुज बाट साभार
प्रतिक्रिया दिनुहोस