कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

फिल्को मिसन

२०७८असार,४शुक्रबार
सुर्खेत । नेकपा एमालेले कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।
आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्। दल का नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय थापा, शाही र बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो । सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस