सुदूरपश्चिममा एमालले कसले कसलाई कारबाही
२०७८जेठ,२७विहीबार
धनगढी । सुदूरपश्चिममा एमालले पार्टी भित्रै पक्ष विपक्षय बनिसकेपछि एक अर्कालाई कारबाही गर्ने दाउमा छन । पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा एमालेकै बहुमत सदस्यले विश्वासको मत दिएपछि प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर एकले अर्काे पक्षलाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेको छ ।
एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ ले मुख्यमन्त्रीको पक्ष र संस्थापनका सात सांसदले विपक्षमा मतदान गरेपछि अहिले विवाद उत्कर्षमा पुगेको छ । विपक्षमा मत दिने सात प्रदेशसभा सदस्यलाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ भने पार्टीको निर्णय नमानी पक्षमा मत दिने १७ सांसदलाई पार्टीको निर्देशन विपरीत गएकोले कारबाही गरिने एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जनाएका छन् ।