कोरोना अपडेट : हुम्लामा कोरोना संक्रमित १सय ६८ पुगे
२०७८जेठ,२१शुक्रबार
सिमकोट ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हुम्लामा यो समाचार तयार पार्दासम्म १सय ६८ जनाको कोरोना संक्रमित पुगेको छ । पछिल्लो पटक जिल्लामा १३ जनाको कोरोना परीक्षण गर्दा दुई जनामा पोजिटिभ देखिएपछि जिल्लामा संक्रमित संख्या १६८ पुगेको छ।
ऋहिले सम्म जिल्लामा १ हजार १ सय ५५ जनालाई परीक्षण गर्दा १सय ६८ जनालाई कोरोना पुष्टि भएको अस्पतालका फोकल पर्सन भक्ति फडेराले जनाकारी दिनुभयो । त्यसमध्ये १ जनाका मृत्यु भएको छ भने १ जनालाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।
पछिल्लो परीक्षण रिपोर्टअनुसार ६ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमण दुई गाउँपालिाकमा परीक्षण गर्दा दुई जना थपिएका छन्।
कुल संक्रमितमध्ये सिमकोट गाउँपालिका र अस्पतालमा गरिएको छुट्टै परीक्षणमा संक्रमितको संख्या ३७ पुगेको छ। खार्पुनाथमा १३ जना, सर्केगार्ड गाउँपालिकामा २९ जना, चंखेली गाउँपालिकामा ३६ जना, अदानचुली गाउँपालिकामा २० जना र ताँजाकोट गाउँपालिकामा ३३ जनामा पुष्टि भएको छ।अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७५ जना छन्।अहिले सम्म ९३ जना कोरोना जितेर घर फर्किसकेका छन् ।