संसद विघटनविरूद्ध संघर्षमा उभिन प्रचण्डको अपील
२०७८जेठ ,८गते शनिबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुस ४ गतेको प्रतिगामी कदमलाई निरन्तरता दिएको बताएका छन्। प्रचण्डले शनिबार विज्ञप्ति जारी गर्दैै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेर पुस ४ गतेको प्रतिगामी कदमलाई निरन्तरता दिएको बताएका छन्।
शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यस प्रकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गरिने प्रचण्डले बताउनु भयो ।
प्रचण्डले संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गरेका छन् । सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सत्तास्वार्थमा केन्द्रित भई बाह्य हस्तक्षेपको आमन्त्रण गरिरहेको विज्ञप्तिमा उल्लेख छ।