रेलको बाटो भिडियो सहित गित सार्वजनिक, हुम्लाको समेटिएको व्यथा
२०७८बैशाख,२३ गते विहीबार
हुम्ला । सडक सञ्जालले नछोएको एक मात्र हिमाली जिल्ला हुम्लामै ‘रेलको बाटो’ भिडियो सहितको गित सार्वजनिक भएको छ । बिहिवार आहा टिभी युटुब च्यानल मार्फत उक्त भिडियो सार्बजनिक गरिएको हो । डोल्पा र हुम्लाको भुगोल एउटै भएकोले यस अघि डोल्पा जिल्लामा छायाँङ्कन भएको र सर्जकहरुले हुम्लामै छायाँङ्ककन गर्ने माग भएपछि टोली हुम्ला पुगेको छायाँङ्कन भएको निर्देशक सुनारले बताए ।
सरकारले रेल ल्याउने कुरा गर्दै गर्दा यातायातका साधनको अभावमा दुर्गमका नागरिकले भोग्दै आएको पिडालाइ समेत देखाएको छ । लेखराज गिरिको शब्द र सुरज पण्डितको आवाज रहेको गितको भिडियो लाई लक्ष्मण सुनारले निर्देशन गरेकाछ्न । भिमसेन कल्याल ठकुरीले छायांकन गरेको भिडियोमा चिरञ्जीवी सापकोटा , सरस्वती खत्री र लक्ष्मण देबकोटाको जिबन्त अभिनय रहेको छ । यस अघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गित अब हुम्लाकै छायाँकङ्कन हुने भएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले यातायात,स्वास्थ्य शिक्षा लगायतका क्षेत्रका समस्या समेटी रचिएको यो गितको छायाँङ्कन हुम्लामै गरिएका निर्देशक लक्ष्माण सुनारले जानकारी दिए ।
‘रेलको बाटो’ भिडियो सहितको गित र्हेनको लागि तल देखाएको छ ।