प्रदेश सभा बैठक अनिश्चितकाल लागि स्थगित

२०७८बैशाख, १५बुधबार
कास्की । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा समाभुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् ।
जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै सो पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि बैठक स्थिगित भएको हो । प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिनुभएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्तावमा आज मत विभाजन हुने कार्यसूची थियो ।
दुई सांसदको अनुपस्थितिसँगै अविस्वासको प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाएको छ ।