हुम्लामा होलीको उल्लासमय रौनक

तिलसरा विक

२०७७ चैत,१५ आइतबार
हुम्ला । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार हिमाली जिल्ला हुम्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गरेका छन ।
हुम्लामा मुख्य चोकहरुमा बिहानैदेखि युवा युवती भेला भएर एकआपसमा रंग दल्दै होली मनाएका हुन् । युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।
कोरोनाका कारण गतवर्ष होली खेल्न नपाए पनि यस वर्ष भने होली खेलेको शिक्षक मधु बस्नेतले बताइन्। साथीहरुसँग होली मनाएको उनको भनाइ छ।
होलीको अवसरमा युवाहरुले नाचगानसमेत गरेका थिए। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा भीडभाड नगर्न प्रशासनले गरेको आग्रह गरेता पनि बेवास्ता गर्दै मानिसहरु होली खेल्न सिमकोट बजार लगायत गाउँ गाउँमा खेलेको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस