हुम्लाको सलिसल्लामा पहिलो पटक बस पुग्यो

फिल्को मिसन

२०७७ चैत, १२ गते
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकास्थित सलिसल्लामा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन्। हुम्लाका दुई वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै बस सेवा सञ्चालनमा आएको छ। सडक निर्माण भएसँगै यातायात सुचारु भएपछि कालिकोटको जितेबगरदेखि हुम्लाको बालुकुनासम्म नियमित रुपमा बस सेवा सञ्चालनमा आएको हो। भौतिक विकासमा पिछडिएका सलिसल्लामा मिनीबस पुग्दा स्थानीयबासीले बाजागाजासहित भव्य स्वागत गरेका छन । स्थानीयबासीले कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस, चालक र सहचालकलाई फूलमालाले समेत स्वागत गरेका छन्।
जिल्लाको चङ्खेली गाउँपालिका–४ का दन्तबहादुर शाहीले गत फागुन १८ गते अदानचुली, ताँजाकोट लगायतका नागरिकलाई ल्याएर बस सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो।
यसभन्दाअघि हुम्ला र बाजुरामा बोलेरो जीप सञ्चालन भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको यात्रुबस पुग्दा गाउँ–गाउँमा खुसीयालीसँगै फूलमाला र अबिर जात्रासमेत गरे तर उक्त जात्रा बोलेरो जीपको एकाधिकार तोडिदिएको छ।
जितेबगरदेखि बालुकुनासम्मको १ सय ११ किलो मिटरमा सडकमा दैनिक एउटा बसले सेवा दिइरहेको छ भने भाडा एक हजार एक सय रुपियाँ लिने गरिएको छ।
बस सञ्चालन भएपछि एकदिनमै हुम्लाको बालुकुनाबाट यात्रुहरु सुर्खेत पुग्ने गरेका छन्।
सेनासँगको सहकार्यमा सो बसलाई चंखेली गाउँपालिकाको सलीसल्लासम्म पहिलो पटक ल्याइएको थियो। तर सो सडकमा यातायात सञ्चालन भने भएको छैन।
सेनाले चैत महिनाभित्र बालुकुना सलीसल्ला क्षेत्रको १२ किलो मिटर सडक पूरा गर्ने र वैशाखबाट यातायात सुचारु गर्ने तयारी गरिएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस