मुगु कर्णालीको भट्टेचौरमा बेलिब्रिज बन्ने
२०७७ चैत,५विहीबार
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा बेलिब्रिज बन्ने भएको छ ।
मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका देउलीसम्म जोड्ने सडक निर्माण भएको वर्षदिन बितिसक्दा पनि मुगु कर्णालीमा पुल नहुँदा सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (¥याप ३) को प्राविधिक सहयोगमा पुल निर्माण हुनेछ ।
मोटरेबल पक्की पुल निर्माणमा ढिलाइ हुने भएकोले यातायातको सहजताका लागि बेलिब्रिज बनाउन लागिएको नगरप्रमुख हरिजङ्ग शाहीले बताउनुभयो । पाँच करोड २० लाख ५५ हजार ९ सय रुपैयाँको लागतमा बन्ने बेलिब्रिजको लम्बाइ ५५ मिटर रहने नगरपालिकाले जनाएको छ । पुल बनेपछि मुगुको कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीलाई सहज हुनेछ ।