भूमि सम्बन्धी समस्या समाधान आयोग हुम्लाको कार्यालय स्थापना

नन्द सिंह हुम्ला

२०७७ फाल्गुन,२१शुक्रबार
हुम्ला । हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ।
भूमि सम्बन्धी समस्या समाधानका लागि बनेको आयोगका जिल्ला अध्यक्ष प्रकास सुनारकोे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमले शुक्रबार कार्यालय उद्घाटन गरेको हो। जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यतामा कार्यालयको उद्घाटन गरिएको छ। जिल्ला समन्वय समितिमा स्थापना गरिएको कार्यालयले यहाँका भूमिहीनहरुका समस्या सम्बोधनका साथै समाधान गर्ने विश्वास व्यक्त गरिएको छ ।एक कार्यक्रमका विच कार्यालयको उद्घाटन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य बुध भण्डारीले बताए । हुम्ला जिल्लामा पहिलो पटक भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु नागरिकका लागि सौभाग्य हो सदस्य भण्डारीले भने ।
भूमि सम्वन्धि जुन आयोगका सदस्यहरुले जिल्लामा रहेका निमुखा, गरिव जसलाई गास छैन, जस्को वास छैन, त्यस्ता व्यक्तिहरुलाई नियम कानूनका आधारमा भूमि व्यवस्था गराउनु पर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताए । हुम्लामा स्थापना भएको आयोग कमिटिले राजनितिक आस्था विचारका आधारमा, चिनजानका आधारमा, नजिक टाढाका आधारमा कुनै किसिमको भेदभाव नराखि आफ्नो टिमले सम्मान व्यवहारले काम गर्ने नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष प्रकास सुनारले प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस