झापा पार्टी कार्यलयमा दुबैसमुहले लगायो ताला

फिल्को मिसन

२०७७ फाल्गुन,९आइतबार
झापा  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), झापा जिल्ला पार्टी कार्यालयमा दुईवटा ताला लगाएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताले मौखिक सहमति उल्लंघन गर्दै पार्टी कार्यालयमै बैठक लगायतका गतिविधि गर्न थालेपछि प्रचण्ड(माधव पक्षका कार्यकर्ताले पनि शनिबार मूल ढोकामा ताला लगाएका हुन्। प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले झापस्थित नेकपा पार्टी कार्यालयमा छुट्टै ताला लगाएका थिए । कार्यालयमा लगाइएको पुरानो ताला हटाएर प्रचण्ड –नेपाल समुहले अर्को ताला लगाएको हो । ओली पक्षका नेता कार्यकर्ताले ताला लगाउँदै मा कार्यालय नछाड्ने बताए ।प्रतिनिधिसभा विघटन भएर प्रतिगमनमा गएको एक सातापछि पार्टी कार्यालयमा दुवै पक्षको भेला भएको थियो।

प्रतिक्रिया दिनुहोस