प्रधानमन्त्रि ओली प्रतिगमनको प्रतिनिधिका पात्र हुन :शक्ति बस्नेत

अर्जुन बोहरा

२०७७ माघ,३०शुक्रबार
काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने पात्ररुपमा लागेको बताए ।

उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । शुक्रबार हुम्ला काठमाण्डौं सम्पर्क समितीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा आफ्नो भनाई राख्देै ,उनले भने, यो लडाइँ अग्रगमन र प्रतिगमन बीचको लडाई भएको बताए । प्रधानमन्त्रि ओली नेपालको संविधान कुल्चेर इतिहासमै कलंकित भएको बताएका छन् ।महिला राष्टपति बनेता पनि ओली बाको रिमोटले गर्दा संघिय लोकतन्त्र गणतन्त्र र सविधानमा हत्या भएको पूर्वमन्त्रि सत्या पहाडीले आरोप लागाइन ।
काठमाण्डौंको नेकपा पार्टीकार्यलय पेरिसडाँडामा प्रशिक्षण भेला कार्यक्रमलाई संवोधन गर्दै जिल्ला इन्चार्ज विजय भण्डारी (प्रतिरोध)ले पार्टीको विधि प्रकृयालाई मिचेर ओलीपक्षले गरेको भ्रमको खेति अब धेरै दिन नटिक्ने चेतावनीसमेत दिएका छन्।
पार्टी एकता भइसेकपछि पार्टी एमाले नत माओवादी लाग्ने भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै बाल्ने बक्ताहरुले केपी ओली भनेको एमाले अनि प्रचण्ड भनेको माओवादी भनेर तसरी नबुझ्न कर्णाली प्रदेशका सचिवालय सदस्य हस्त बहादर शाहील आग्रह गर्नु भयो । नेता शाहीले प्रधानमिन्त्र ओली सरकार प्रतिगमनतिर कंलकित भइसकेकोले बैधानीक पार्टी नेकपा प्रचण्ड– नेपाल पक्षमा लाग्न आग्रह गरे ।
हुम्ला काठमाण्डौं सम्र्पक समितीको आयोजना भेला तथा प्रशिक्षण कार्याक्रममा नेकपाका स्थायी कमिटी सदस्य एवंम पुर्व गृह मन्त्रि शतिm बहादुर बस्नेत, पूवमन्त्रि सत्या पहाडी,जिल्ला इन्चाज बिजय भण्डारी,भुतपूर्व संसद छिम लामा, पूर्व संसद छक्क बहादुर लामा,जिल्ला अध्यक्ष लालकेश जैसी,कर्णाली प्रदेशका सचिवालय सदस्य हस्तबहादुर शाही,शिवराज जोशी,कलबहादुर हमाल जिल्ला समन्यव समिती हुम्लाका प्रमुुख दानबाहादुर रावत लगायतका बक्ताहरुले नेकपाको बर्तमान अबस्था बारे प्रशिक्षण दिएका छन।

प्रतिक्रिया दिनुहोस