हुम्लामा पनि लेखापढी व्यवसायी संघ गठन
२०७७ माघ,बुधबार
हुम्ला । हुम्लामा पनि लेखापढी व्यवसायी संघको नयाँ कार्य समिति गठन भएको छ । नौ सदस्यीय समिति सहित पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको बताएको छ ।
जिल्लामा रहेका न्यायिक तथा अद्र्धन्यायिक कार्यालयहरु, स्थानीय तहका न्यायिक समिति तथा अन्य विभिन्न प्रकारका घरायसी कामकाज तथा लेनदेनका लागि गर्ने गरिने लिखतहरुको बढ्न थालेका हुम्लामा समिती गठन गरिएको नवनिर्वाचित सचिव धनराशी रोकायाले बताउनु भयो ।
जिल्ला अदालत हुम्लाले यसलाई आधिकारी बनाउनका लागि नन्दबहादुर रावतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।लेखापढी व्यवसायीको अध्यक्ष रहने गरी नन्दबहादुर रावत अध्यक्ष, वुद्धी रोकाया कोषाध्यक्ष, धनरासी रोकाया सचिव , अर्जुन कार्की सहसचिव र रत्न भण्डारी लगाएतका सदस्य रहने गरी उक्त लेखा पढी व्यवसायी गठन गरीएको अध्यक्ष रावतले बताएका छन् ।उक्त लेखापढी व्यवसायी संघले घर जग्गा लेनदेन सम्बन्धी रजिष्टेसन, अंश भाग, अंश बण्डा, वकस पत्र, कित्ता काट सहित लिखत जग्गा साट्टा पट्टा मन्जुरी नामा कागज लिखित र निवेदन वापत जग्गा रोक्का फुकुवा लेनदेन लगाएतका काम कार्य गरिने रावतले बताएका छन् ।