निजी एयरलाइन्सलालाई बक्यौता रकम बुझाउन ३० दिने म्याद

फिल्को मिसन

२०७७ माघ, २६ सोमबार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ ।
प्राधिकरणले नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको हो । ३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ । यसैगरी कस्मिक एयरको वक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस