सिमकोटमा ग्यास आपूर्ति पुनः सुरु, प्रतिलिन्डर मूल्य ३ हजार २ सय रुपैयाँ

फिल्को मिसन

आइतबार, साउन ३, २०८३
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा आइतबारदेखि १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु भएको छ। प्रतिलिन्डर मूल्य ३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघिको २ हजार ५ सय रुपैयाँभन्दा ७ सय रुपैयाँ बढी हो।
यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास वितरण गरिँदै आएकोमा अब पुनः १४.२ केजीकै सिलिन्डर उपलब्ध गराइएको हो। इन्डियन आयलबाट ग्यास आपूर्ति सहज भएपछि देशभर नै १४.२ केजी ग्यास वितरण पुनः सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ।
ढुवानी खर्च, दुर्गम भौगोलिक अवस्था तथा व्यवस्थापन लागत बढेकाले मूल्य समायोजन गरिएको व्यवसायीले बताएका छन्। मूल्यवृद्धिप्रति भने स्थानीय उपभोक्ताले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस