नेकपाको भर्चुअल शपथग्रहण : हुम्लाबाट १९ जना केन्द्रीय सदस्य सहभागी

फिल्को मिसन

पुस २९, २०८२
हुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य एनके प्रसाईंले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
नेकपाले हाल २४९९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। काठमाडौंमा उपस्थित हुन नसकेका सदस्यहरूले भर्चुअल माध्यमबाट शपथग्रहण गरेका थिए। पार्टीले केन्द्रीय सदस्यहरूलाई परिचयपत्र उपलब्ध गराउन प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र प्रदान गरिने व्यवस्था गरेको जनाएको छ ।
हुम्ला जिल्लाबाट नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १९ जना केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन्। तीमध्ये केही भौतिक उपस्थितिमा र केही भर्चुअल माध्यमबाट सहभागी भएका हुन्। उक्त जानकारी नेकपा हुम्लाका केन्द्रिय सदस्य डा दीपेन्द्र रोकायाले दिएका छन्।
यद्यपि नव–निर्वाचित केन्द्रीय सदस्य हस्तबहादुर शाहीले पार्टीबाट आधिकारिक लिखित सर्कुलर नआइसकेकाले शपथग्रहण प्रक्रिया पूर्ण रूपमा औपचारिक भइसकेको विषयमा अन्योल रहेको बताए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र माओवादी समाजवादी पक्षबाट नयाँ केन्द्रीय सदस्यहरूको नाम पठाइएको भए पनि लिखित पुष्टि नआएकाले हाल यसबारे ठोस रूपमा भन्न नसकिने अवस्था छ ।
हाल हुम्ला जिल्लाबाट केन्द्रीय सदस्यहरूको संयुक्त टिम गठन भइसकेको नेकपा जिल्ला सचिवालयले जनाएको छ।
हुम्लाबाट केन्द्रीय सदस्यहरूको सूची
माओवादी केन्द्र
विजय भण्डारी, छिमीदोर्जे लामा, छिरिडम्दुल लामा, विरजन शाही, सुस्मिता शाही, रणसिंह परियार, डा. दीपेन्द्र रोकाया, लालकेश जैशी
एकीकृत समाजवादी
हस्तबहादुर शाही, शिवराज शर्मा, जोशी धामी, प्रेमा लामा, प्रेमकला शाही, बविता शिरा, तीर्थराज रोकाया
माओवादी समाजवादी
कर्णजित बुढाथोकी, रगमल रोकाया, ज्ञान फडेरा, जीवन ऐडी

प्रतिक्रिया दिनुहोस