हुम्लामा सात वर्षमा ७३ सवारी दुर्घटनाः ३६ मृतक,१४६ घाइते,६७० सवारी साधन कारबाहीमा

फिल्को मिसन

मंसिर ६, २०७८
हुम्ला । हुम्लामा सडक सञ्जालसँग जोडिएको सात वर्षको अवधिमा ७३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ,भने १४६ जना घाइते भएका छन् । यो तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
सडक सञ्जाल जोडिएको पहिलो आर्थिक वर्ष २०७६/७७ मा २ वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ७ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा भएको एउटा दुर्घटनामा १ जनाको मृत्यु भएको थियो ।त्यसै गरि २०७९०/८० मा ११ वटा दुर्घटनामा २ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता रहेका छन् । आर्थिक वर्ष २०८/८१ मा १७ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु र ३५ जना घाइते भएका थिए ।
२०८१/८२ मा ३१ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु र ४२ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म ९ वटा दुर्घटना भएका छन्,जसमा ५ जनाको मृत्यु र ४४ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा हुम्लाभरि ५६२ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेको थियो । क्षमता भन्दा बढी भार बोकेको सवारी साधनबाट ४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले बताएको छ ।
विक्रम संम्बत २०८२/८३ को श्रावण–असोज मसान्तसम्म १०८ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ । हाल हुम्लामा दुई अस्थायी ट्राफिक पोष्ट सर्केगाड र मैला–कबाडी सञ्चालनमा रहेका छन । इन्चार्ज प्रहरी हवाल्दार भीमबहादुर बुढाले नागरिकलाई यातायात नियन्त्रण र ट्राफिक नियम पालनामा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस