हुम्ला कर्णालीकै तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
असार २०,२०८२ शुक्रवार
सिमकोट । हिमाली जिल्ला हुम्ला लार्ई कर्णाली प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला शुक्रबार घोषणा गरिएको हो । जिल्लाका सातवटा स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि शुक्रबार जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको छ । आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन ।

जन्मिएकादेखि १५ महिना सम्मका महिना सम्मका २ हजार २सय १७ बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम पाँण्डेले बताउनु भयो । खोप पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउनको लागि १४ किसिमका खोप लगाएको पाइएको उनको भनाइ रहेको छ ।

अनुसार नाम्खा गाउँपालिकाका ५३,सिमकोट गाउँपालिकाका २०४, खार्पुनाथ गाउँपालिकाका ३६५,सर्केगाड गाउँपालिकाका २३०,चंखेली गाउँपालिकाका१२६,अदानचुली गाउँपालिकाका ७२५ र ताँजाकोट गाउँपालिकाका ५०४बालबालिकाले पूर्ण खोप लगाएको उनले बताए ।
हुम्ला जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको संख्या २ हजार ८सय ६७ रहेको छ । जिल्लामा छुटेका ६ बालबालिकाहरूको खोजी गरी खोप लगाइएको प्रमुख पाँण्डेले जानकारी गराउनु भयो ।

उनका अनुसार नाम्खा गाउँपालिकामा ३८,सिमकोट गाउँपालिकामा ५५५, खार्पुृनाग गाउँपालिकामा १४०, सर्केगाड गाउँपालिकामा८२८,चंखेली गाउँपालिकामा७७, अदानचुली गाउँपालिकामा ७२५ र ताँजाकोट गाउँपालिकामा ५०४ बालबालिकाले पूर्ण खोप पाएका छन् । एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख पाँण्डेले बताउनस भयो । हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसके पछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा हुँदै आइरहेको छ।
आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउन
बाट कसैलाई पनि वञ्चित नर्गन अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा,गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी नायारण पाण्डेले आग्रह गरेका छन ।
सबै उमेरसमुहका बालवालिकाहरु लाई विषेश गरि महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको योगदानका बारेमो प्रशंसा गरेका थिए । घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गर्नुभएको थियो ।

यस्तै, जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै खोप समन्वय समितिले उत्कृष्ट स्वाथ्य कर्मीहरुलाई सम्मान गरेको छ । जिल्लाका सातै वटै पालिकाबाट उत्कृष्ट खोप कार्यकतालाई प्रसंशा पत्रसहित पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस वर्ष कर्णाली प्रदेशैको तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको जिल्ला हो । कर्णाली प्रदेशdf २०८१ साल असार ३१ गते जुम्ला जिल्ला र सल्यालन लाई २०८२ असार १६ सोमबारको दिनमा पूर्ण खोप घोषणा भएपछि हुम्ला जिल्ला लाई पनि शुक्रबार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।