एमाले महाधिवेशन : अध्यक्षदेखि सदस्यसम्मको उम्मेदवार सार्वजनिक
मंसिर २९, २०८२
काठमाडौँ ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि नयाँ नेतृत्वको प्रारम्भिक उम्मेदवार नामावली आज सार्वजनिक भएको छ। भृकुटीमण्डपमा बसेको बन्दसत्रमा पार्टी केन्द्रीय निर्वाचन आयोगले बिहान ९ बजे सूची प्रकाशित गरेको हो।
अध्यक्ष पदका लागि ईश्वर पोखरेल र केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरिसकेका छन्।
पाँच उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्स् अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, परशुराम मेघी, पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, डा। विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल।
महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्। तीन उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दिएका छन्।
नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् भने केन्द्रीय सदस्यमा करिब १,००० जनाको दाबी रहेको छ।
निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाका अनुसार, आज राति दावी–विरोध र छानबिनपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ। मतदान पुस १ गते दिउँसो १ बजे सुरु हुने तालिका तय गरिएको छ।