एमाले महाधिवेशनस् ८० भोटिङ मेसिनबाट मतदान

फिल्को मिसन

मंसिर २९, २०८२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार, महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भए पनि ८० वटा मात्रै मतदानका लागि प्रयोग हुनेछन्।
अध्यक्ष सुब्बाले भने, “एक जना मतदातालाई मतदान गर्न करिब २५–३० मिनेट समय लाग्ने अनुमान छ। महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।”
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले भने कि १० वटा नमूना अभ्यासका मेसिन र १० वटा अतिरिक्त मेसिन सुरक्षितका लागि राखिएको छ। उम्मेदवारको अन्तिम नामावली आज साँझ ८ः३० बजेसम्म सार्वजनिक गरिनेछ।
एमालेको नयाँ नेतृत्वका लागि मतदान भोलि, पुस १ गते, अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस