उद्योग दिवस : हुम्लामा कागजमै सीमित, परिणाम शून्य
मंसिर १०, २०८२
सिमकोट । हुम्लामा ११औं राष्ट्रिय उद्योग दिवस औपचारिक कार्यक्रमहरू गरेर मनाइएको छ । तर जिल्लामा उद्योगको वास्तविक अवस्था भने कागजमै सीमित रहेको सरोकारवालाहरूले टिप्पणी गरेका छन् ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” नारासहित मंगलबार अन्तक्र्रिया, ¥याली र प्रभातफेरीको आयोजना ग–यो । तर जिल्लामा दर्ता भएका उद्योगको संख्या न्यून तथा सञ्चालनमा रहेका उद्योग झनै नगण्य हुँदा औद्योगिक विकासबारे गम्भीर प्रश्न उठाएको सहभागीहरूको भनाइ छ ।
मानसरोवर होटलमा भएको अन्तक्र्रियामा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, एमाले अध्यक्ष ज्ञानी बुमी र उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले हुम्लामा उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार नहुँदा प्रत्येक वर्ष दिवस मात्र मनाइने तर वास्तविक उद्योग विकास नदेखिने अवस्था दोहोरिरहेकामा चिन्ता व्यक्त गरे ।
उनीहरूले हुम्लामा उद्योग नफैलिनुको कारणका रूपमा यातायात पहुँचको कठिनाइ, ऊर्जा अभाव, बजार संरचनाको कमजोरी,उच्च लगानी जोखिम र सरकारी सहजीकरणको अभावलाई मुख्य चुनौतीका रूपमा उल्लेख गरेका छन् ।
कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुनराज जोशीको अध्यक्षतामा सम्पन्न भयो। दिवसका अवसरमा निकालेको ¥यालीमा सहभागीहरूले औद्योगिक विकासका मागसहित प्ले–कार्ड प्रदर्शन गरेका थिए ।